कठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । बजेट अधिवेशनको पहिलो दिन हो ।
यसअघि हिउँदे अधिवेशनमा पनि नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो ।
आज पनि कांग्रेसले सोही माग राखेको छ ।














