काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ ।
नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको प्रधानमन्त्रीका स्रोतले जनाएका छन ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ ।
संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।