जनकपुरधाम, २४ वैशाख । धनुषामा हतियारधारीले सहकारीको कर्मचारीबाट ८० लाख रुपैया लुटेका छन्।
जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाईकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका हतियारधारी समूहले ८० लाख रुपैया लुटेर भागेका छन ।
महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।
महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । रकम लुटेर भागेको र अहिले कुनै उपलब्धि प्राप्त नभएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् ।
लुटेराहरुको खोजी कार्य भइरहेको डिएसपी अवाले बताएका छन् ।












