काठमाडौं, २४ वैशाख । काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाका अनुसार आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको छ ।
पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।
अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।