जनकपुरधाम, २१ वैशाख । मधेस प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य शर्मा निलम्बनमा परेका छन् ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले उनलाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयका सचिव अरुण कुमार झाले जानकारी दिएका छन् ।