कपिलवस्तु, १९ वैशाख । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडलले बताए ।
पौडलका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए ।