सप्तरी, १८ बैशाख । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ ।
महादेवा गाउँपालिका–१ चिम्टीमा मंगलबार दिउँसो २ बजे आगलागीमा परी २ सयभन्दा बढी घर जलेर नष्ट हुँंदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तिब्र गतिमा आएको हुरीपश्चात स्थानीय शत्रुधन यादवको घरबाट आगलागी सुरु भएको बताइएको छ ।
दलित र मुस्लिम समुदायको घना बसोबास रहेको बस्तीमा एक्कासी आगलागी हुँदा २ सय जति घर जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।
हनुमाननगर कंकालिनी, राजविराज, शम्भुनाथ नगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीमा १ करोडभन्दा बढीको क्षती भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।