रौतहट, १३ वैशाख । कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाइएको छ ।
न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभएको छ ।
पहिलो संविधानसभा निर्वाचनमा बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।
मो. अफताब आलमका भाई मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको स्रेस्तेदार ढोडारीले जानकारी दिए ।
सहनी ईटा भट्टाका मुनसी थिए । यस्तै, आरोपी मुक्ति शाहले सफाइ पाएका छन् । शाह पनि ईटाभट्टामै कार्यरत थिए । आरोपी ६ जनाको हकमा फैसला सुनाइएन ।
स्रेस्तेदार ढोडारीले ६ जना फरार रहेकाले मुद्दा मलतबीमा राखिएको बताए । ४ जनालाई जन्मकैद, एकजना सफाई, ६ जना मुलतवीमा राखिएको उनले बताए ।