काठमाडौं, १३ वैशाख । वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । वैशाख १५ गते इलाम–२ प्रतिनिधि सभा र बझाङमा (१) प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
‘उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१÷१÷१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१÷१÷१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१÷१÷१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान’ गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।