महोत्तरी, १२ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भीषण आगलागी हुँदा अहिलेसम्म १०० घर जलेर नष्ट भएको छ ।
दिउँसो एक्कासी आगो सक्किँदा बस्ती नै सखाप भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थाहाखबर जानकारी दिनुभएको छ । बस्तीमा हावाहुरी ठूलो आएको र त्यहाँ रहेको परालको कुन्यूले आगलागी बढाएको गेलालले बताए ।
उनले भने, ’परालको कुन्यूमा आगो सल्किएपछि चर्को हावा आउँदा, त्यसले घरहरुलाई भेट्यो । अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र मटिहानी नगरपालिकाले प्रयास गरिरहेको छ ।
१० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ। दिउँसो १ बजेबाट आगो सल्किएको बताइएको छ । कारण भने खुलेको छैन ।