जनकपुरधाम, १२ वैशाख । धनुषाको बिदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा राम सुन्दर साहलाई स्वागत गरिएको छ ।
तेसै पालिकाको स्वास्थ्य शाखा प्रमुखमा कार्यरत साहलाई नगर प्रमुख बेचन दासले फुलमाला लगाएर गरे ।
नगर प्रमुख दासले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सबै जनप्रतिनिधिहरुले कार्य सम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाए ।
धार्मिक र पर्यटनको सम्भावनायुक्त पालिका भएकाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र नगरपालिकाको विकास सम्भव हुने बताए ।
प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो अनुभव र क्षमतालाई नगरपालिकाको समग्र विकास र सेवा प्रवाहमा खर्चिने प्रतिबद्धता जनाए । साहको सम्मानका लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको थियो । प्रमुख प्रशासकीय अधिकृतले पालिकामा आउँदा जनप्रतिनिधि र कर्मचारीको समन्वयले आफूलाई थप परिपक्व बनाएको उनले सुनाए ।
स्वागत कार्यक्रममा त्यस वाडाका बाडा अध्यक्षहरु,कर्मचारीहरु,पत्रकार लगायतका उपस्थिति रहेको थियो ।