जनकपुरधाम, १२ वैशाख । आम नागरिकको सुचना पाउने अधिकारलाई कृषि ज्ञान केन्द्र धनुषाले कुण्ठित गरिरहेको पाइएको छ ।
केन्द्रको वेबसाईट बन्द हुँदा सेवाग्राही मर्कामा छन् । आम नागरिकले कसरी सहज तरिकाले सुचना पाउन भन्ने उदेश्यले वेबसाईट बनाईएका छन् ।
तर कृषि ज्ञान केन्द्र धनुषाको वेबसाइट महिनौंदेखि बन्द हुँदा कार्यालय प्रमुख राजेन्द्र यादवको ध्यान छैन् । भनिन्छ कुशल नेतृत्व भयो भने कार्यालयमा सबै सेवा चुस्तदुरूस्त हुन्छ । नेतृत्वनै आफनो जिम्मेवारी नबुझेसी कार्यालयको हालत कस्तो होला । त्यो सजिलै कल्पना गर्न सकिन्छ । राज्यले गोप्य राख्ने बाहेक सबै सूचनाहरु आम नागरिकले सहज रुपमा प्राप्त गर्न पाउनु नागरिकको संबैधानिक अधिकार हो ।
यही अधिकार कार्यन्वायन गर्दै नागरिकमा सूचनाको पहुँच सहज बनाउन प्रत्येक कार्यालयले आफ्नो वेब साइटमार्फत सूचनाहरु सार्वजनिक गर्ने गरेका छन् । कार्यालयहरुले आफ्नो वेब साइट नियमित अपडट गरिरहेका हुन्छन्। कार्यालयले नियमित सम्पादन गर्ने काम, सेवा प्रवाह, वार्षिक,मासिक तथा त्रैमासिक कार्यप्रगति प्रतिवेदन, बजेट तथा कार्ययोजनासमेत वेब साइटमा अपडेट गर्ने गरिएको छ ।
तर पछिल्लो केही समयदेखि कृषि ज्ञान केन्द्रले आफ्ना वेब साइट बन्द गरेर छाडेका छन् । आफ्नो वेब साइट अपडेट गर्ने त परै जाओस् । कतिपय सूचनाहरु नागरिकलाई अति आवश्यक हुन्छन् । ती सूचना पाउनका लागि इन्टरनेटको सुविधा भएका नागरिकहरुले आवश्यकता अनुसार मोवाइलबाटै सूचनाहरु हेर्न चाहन्छन् ।
तर त्यही सुविधा बाट बञ्चित गरियो भने आक्रोशित हुनु स्वभाविक हो । बढदो प्रविधीको सदुपयोग गर्दै हरेक सरकारी कार्यालयले अनलाईनको माध्यमबाट कार्यालयको सेवा प्रदान गरीरहेका छन ।
मधेश प्रदेशकै मालपोत, जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र लगायतका सरकारी तथा गैर सरकारी कार्यालयले अनलाईनकै माध्यमबाट सेवा प्रवाह गरीरहेका छन । यी सबै कार्यालयको आ आफ्नै वेबसाईट संचालनमा छन् ।
ती सबै कार्यालयले आफ्नो कार्यालयको हरेक गतिविधी, सूचना वेबसाईटबाट प्रवाह गर्दै आएका छन । मधेश प्रदेशको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा रहेको कृषि ज्ञान केन्द्रले कार्यालयको हरेक गतिविधी आफ्नो आधिकारिक वेबसाईटबाट प्रवाह गरीरहेका छन ।
यी सबै जिल्लामा रहेको कृषि ज्ञान केन्द्रको वेबसाईट संचालनमा रहेको छ । अपडेट रहेको पाईएको छ । तर कार्यालयको गतिविधी र सूचना लुकाउन कृषि ज्ञान केन्द्र धनुषाले आफ्नो कार्यालयकोज्ञ आधिकारिक वेबसाईट बन्द राखेको छ ।
कार्यालयको वेबसाईट बन्द भएपछि सेवाग्राहीले सहज रुपले सूचना पाउन नसकिएको गुनासो गरेका छन । वेबसाईट संचालन गर्न आएको बजेट समेत कार्यालय प्रमुख सहितका कर्मचारीले मिलेर हिनामिना गर्दै आएको स्थानीय सेवाग्राहीले आरोप लगाएका छन ।
कार्यालयका कर्मचारीको बदमासीको कारण वेबसाईट संचालनमा नआएको स्थानीयले गुनासो गरेका छन । यता कृषि ज्ञान केन्द्र धनुषाका सुचना अधिकारी रामचन्द्र यादवले केन्द्रको वेबसाइट बन्द रहेको स्विकार गर्दै मेनटेन्सको लागि भनेको भन्दै छिट्टै नै वेबसाइट पुनः सञ्चालनमा आउने जानकारी गराए ।