जनकपुरधाम, १० बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ ।
मधेश, कोशी र बागमती प्रदेशमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमानमा महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।