काठमाडौं, ९ बैशाख । नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५औँ वर्षगाँठ मनाउँदै छ ।
पार्टीको सो हिरक जयन्ती महोत्सवमा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।
एमालेको पूर्वपार्टी उपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले ‘राष्ट्रिय गौरव’ पदकबाट विभूषित गर्न लागेको छ ।
शनिबार र आइतबार ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकले उक्त प्रस्ताव पास गरेको छ ।
परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त प्रस्ताव गरेका थिए ।