काठमाडौं, ९ बैशाख । काठमाडौंमा चामलको बोराभित्र लुकाएर लागुऔषध ल्याइने गरेको पाइएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थानकोटमा गाडी जाँच गर्दा चामलको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा फर्मास्युटिकल्स ड्रग्स बरामद गरेको छ ।
चामल बोराभित्र डाइजेपाम ८४२, बुप्रोनोर्फिन ६८५ र फेनारगन ९५१ एम्पुल तथा नाइट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद भएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले उक्त लागुऔषध ल्याउने सप्तरीका ४७ वर्षीय रामलोचन मुखिया र काठमाडौंमा बिक्री वितरण गर्ने गरेको आरोपमा सप्तरीकै ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको कार्कीले बताए ।