जनकपुरधाम, २ वैशाख । धनुषाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको छ ।
धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनको शव आज बिहान ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको छ ।
मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।