केपी रिपोर्टर,अभजित क्रान्ति
महोत्तरी, २४ चैत । महेत्तरीको लोहारपट्टी नगरपालिकाको आयोजनामा तथा जनकपुरधामको चन्द्रकला हास्पिटल एण्ड रिसर्च प्रा.लिको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर लोहारपट्टी नगरपालिका सुरु भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो ।
अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि चन्द्रकला हास्पिटल एण्ड रिसर्चका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।
एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट बिभिन्न वडाका ५०० सय भन्दा बढिका बिरामीहरुले सेवा लिएका छन । शिविरबाट विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराएको छ । जेनरल फिजिसियन,मुटु रोग, स्त्री तथा प्रसूति रोग, हाड जोर्नी,नाक तथा कान रोग लगायत बिभिन्न सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन् ।
पालिकाको उप प्रमुख सरिता शर्माको प्रमुख अतिथ्य र बिशिष्ट अतिथ्यमा प्रमुख प्रसासकिय अधिकृत बदरुल अन्सारी रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो ।निःशुल्क स्वास्थ्य शिविर उद्यघाटन कार्यक्रममा बिभिन्न पार्टिका पार्टि प्रतिनिधि,संघ संस्थाका प्रतिनिधि,पत्रकार लगायतका उपस्थिति रहेको थियो ।