जनकपुरधाम, २२ पुस । नेकपा एमालेले राष्ट्रियसभामा मधेश प्रदेशकबाट पनि उम्मेदवार टुंगो लगाएको छ ।
उषा चौधरी र अर्जुन सिंह उम्मेदवार बन्ने भएको प्रदेश सचिव मनोज पौडेलले जनाएको छ ।
पौडेलले भने ‘नाम टुंगो लागिसकेको छ , अब यो नाम फेरिदैन । आगामी ११ माघमा हुने राष्ट्रियसभा चुनावका लागि सोमवार मनोनयन दर्ता हुँदैछ ।
एमालेले चुनाव हुने १९ वटै पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।