काठमाडौं, २० पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावस्वरुप यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ । तराईका धेरै स्थानलाई यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोृ छ ।
शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ । देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।