सिन्धुपाल्चोक, १९ पुस । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का महसुस सिन्धुपाल्चोकसहित आसपासका जिल्लाहरूमा गरिएको छ ।
यसअघि गत आइतबार राति १० : २१ बजे पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।