काठमाडौं, १४ पुस । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।
बालकुमारी घटना भएको दोस्रो दिन गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय हेडक्वार्टर तानेको छ ।
शुक्रबार ललितपुर महानगरपालिका वडा नं ८ बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा ज्यान गुमाउने मृतकप्रति मन्त्रालयले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।