KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ईपीएस परीक्षार्थीको आन्दोलन : प्रहरीसँगको झडपमा दुई युवाको मृत्यु

ईपीएस परीक्षार्थीको आन्दोलन : प्रहरीसँगको झडपमा दुई युवाको मृत्यु

काठमाडौं, १३ पुस । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरेको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए ।

लगत्तै उनीहरूले गाडीमा आगजनी गरेका थिए । ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो ।

झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको छ । किस्टमा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुदन रावतको ज्यान गएको छ ।

भक्तपुरमा बस्दै आएका उनी आन्दोलनका क्रममा घाइते भएका थिए । त्यसपछि आन्दोलित युवाहरूले नै उनलाई किस्ट अस्पताल लगेका छन् ।

जहाँ चिकित्सकहरूले उनलाई गोली नलागेको बताए । उनको छातीमा रातो डाम देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट पाइएको थियो ।

त्यसैगरी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पाटन अस्पतालमा ज्यान गएको छ ।

गोली लागेपछि गम्भीर घाइते उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

Facebook Comment

Related Posts

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar