जनकपुरधाम, ६ पुस । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार भएका छन ।
म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहाको अगाडिबाट हतकडीसहित थुनुवा फरार भएका छन् ।
आरोपित छोटु सदा दिउँसो १ बजे हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले बताउनुभएको छ । बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।
प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।