काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण जेलमुक्त भएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रवा।नै छुटेका हुन् ।
खाणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका थिए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।
शुद्धीकरण अनुसन्धान विभागले पनि खाणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । उनले त्यसको पनि बैंक ग्यारेन्टी राखेका छन् ।