जनकपुरधाम, १७ मंसिर । मधेश प्रदेश धनुषाको सबैला नगरपालिका–२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ ।
स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको प्रहीले जानकारी गराएकबो छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । महिलाको मृत्युबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाले बताए ।