जनकपुरधाम, ८ मंसिर । प्रादेशिक अस्पताल जनकपुरमा महोत्तरीको मठिहानी नगरपालिका–३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको मृतकका भाइ मोहम्मद सकिर राइनले बताए ।
उनले भने वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पु¥याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो ।
शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको उनले बताए । उनले चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार भएको आरोप लगाए ।
घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ । यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरे ।
‘उनलाई कुनै पनि प्राइभेट हस्पिटलले भर्ना नलिएपछि अन्तिम सिकिस्त अवस्थामा प्रादेशिक अस्पतालमा ल्याइयो । हामी सरकारी हस्पिटल त्यस्तो अवस्थामा पन्छिन मिल्दैन । बाहिर रेफर गर्ने अवस्था थिएन ।
उनलाई हेल्थसिन्डोम (चम्की रोग) र जण्डिस रोग थियो’, डा.पण्डितले भने ‘अन्तिम अवस्था रहेको बिरामीलाई हामीले तुरन्तै शल्यक्रिया गरेर हरसम्भव बचाउने प्रयास ग¥यौं । बच्चा समान्य छन् ।