सप्तरी, ५ मंसिर । सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मंगलबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिनुभएको छ ।
कर्तव्य ज्यान मुद्दामा उनी २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेको बताएको छ । मंगलबार बिहान शौचालयबाट निस्केपछि उनी लडेका थिए ।
उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख दासले बताएका छन ।