जनकपुरधाम, २९ असोज । आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी लिएका छन ।
प्रयोगशालाले प्रदान गरेको सेवाबारे चासो लिदै मुख्यमन्त्री यादव आज त्यहाँ पुगेर सेवाग्राहीसित सेवाप्रवाहबारे जानकारी लिएका छन ।
सेवाप्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्, मुख्यमन्त्री यादवले निर्देशक मिश्रलाई निर्देशन दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सुलभ दरमा ल्याब सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
प्रदेश सरकारको लगानीमा संचालित उक्त प्रयोगशालाले दैनिक सयौ बिरामीको जाँच गर्दै आएको छ ।