जनकपुरधाम, ११ असोज । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक बिदाबारे जानकारी गराएका छन ।