काठमाडौं, ५ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार विज्ञप्ति निकालेर दुवै पक्षलाई गम्भीर भएर सहमतिमा पुग्न लोसपाका अध्यक्ष महन्थ ठाकुरले आग्रह गरेका छन् । विज्ञप्तिमा उल्लेख छ
‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भई नेपाल सरकार यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुगेर निकास दिनुपर्दछ ।
प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।
विज्ञप्ति मार्फत लोसपा अध्यक्ष ठाकुरले भनेका छन् ,शिक्षकहरु आन्दोलनमा होमिएपछि सामुदायिक विद्यालयमा पठन÷पाठन ठप्प भएको छ ।
‘विद्यार्थीको अध्ययन÷अध्यापन पूर्णतः लामो समय सम्म ठप्प हुनु अस्वाभाविक हो । तसर्थ सबै पक्ष गम्भीर भई यथाशीघ्र पठन÷पाठन सुचारु गर्न आवश्यक रहेको छ ।