जनकपुरधाम, १९ भदौ । क्रिश्चियन धर्मको प्रचार गरी धर्मान्तरण गराउने महिला–पुरुषलाई जनकपुरधाममा कालोमोसो दलेको छ ।
जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने क्रममा महिला–पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् ।
नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेको जनाएको छ ।
हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।
अहिले दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्नो निगरानीमा राखिएको छ ।