महोत्तरी,२९ जेठ । महोत्तरीको जलेश्वर नगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रमा पानीको स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्नथालेका छन ।
यहाँका चापाकल, धार र अन्य पानीका स्रोतबाट पानी आउन छोडेको छ । नगरको विभिन्न वडामा ट्यांकरबाट पानी वितरण भइरहेको नगर प्रमुख सुरेश साह सोनारले जानकारी दिनुभएको छ । १२ वटा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेको र प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्द भएको छ । उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास, गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको भएको छ ।