जनकपूरधाम, १२ जेठ । टिकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छन ।
सर्वोच्च अदालतले चौधरीलाई तोकेको सर्वस्वसहितको जन्मकैदलाई आममाफी दिन लागेको भन्दै पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका छन् ।
आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक सौदाबाजी मात्र भएको अध्यक्ष केसीले विज्ञप्तीमा उल्लेख गरेको छ । टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो ।
घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो । विज्ञप्तिमा भनिएको छ,