जनकपुरधाम, ९ जेठ । मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, वीरेन्द्र प्रसाद सिंह र एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसंख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन् ।