काठमाडौं, १३ भदौ । भारतले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवा प्रदान गर्न ११ सदस्यीय मेडिकल तथा सुरुङ उद्धार टोली नेपाल पठाएको छ।
चिकित्सक, प्यारामेडिक्स र रेकी विशेषज्ञसहितको टोली काठमाडौं आइपुगेको भारतका विदेशमन्त्री एस. जयशंकरले जानकारी दिएका छन्।
टोलीले शनिबारदेखि रेकी तथा उद्धारसम्बन्धी काम सुरु गर्ने तयारी छ। भारतले टोलीसँगै पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्न र पानी शुद्धीकरण ट्याब्लेटसहित राहत सामग्रीको तेस्रो खेप पनि नेपाललाई हस्तान्तरण गरेको छ।












