जनकपुरधाम,९ जेठ । नेपाली कांग्रेसले मधेश सरकारमा स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पाएपछि कांग्रेस सरकारमा सहभागी भएको छ ।
स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह र भौतिकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएको छ ।
उनीहरूको आज १ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।