काठमाडौं,४ जेठ । जेलमा रहेका रेशम चौधरीको पक्षमा सरकार रहेको र यसअघि पनि अध्यादेश ल्याएर उनलाई छुटाउन प्रयास गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले भने, अहिले सर्वोच्च अदालतले एउटा टुंगो दिएको छ । अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा पु¥याउने हामीले छलफल गर्दैछौ ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा बन्दी जीवन बिताइरहेको रिहाको विधेयक संसद्मा पेस भइसकेको र यो विधेयक पास हुने आफूले विश्वास लिएको बताएका छन ।
यो केवल चौधरीको मात्र होइन अन्य राजनीतिक बन्दीहरूको बारेमा हामी गम्भीर भएका छौ ।