महोत्तरी,३ जेष्ठ । महोत्तरीको गौशाला नगरपालिकाका छ जना किशोर किशोरी बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिकाका दुई किशोर र चार किशोरी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रकाश मल्लले जनाएको छ ।
मल्लका अनुसार गौशाला नगरपालिका–४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया विमला सदा, १८ वर्षीया संगीता सदा, १७ वर्षीया रिता सदा, १४ वर्षीय करण सदा र १३ वर्षीय राजेश सदा सोमबार साँझदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताएका छन ।
प्रमुख मल्लले जेठ १ गते सम्पर्कविहीन भएका उनीहरू बारे २ गते मात्रै प्रहरीमा जानकारी आएको र उनीहरूको खोजी कार्य भइरहेको बताए ।
केहि महिना पहिले काम लगाइने भन्दै महोत्तरीको भंगहा नगरपालिकाका करिब १२ जना दलित बालिकालाई भारत लैजाँदै गरेको समयमा सितामढीबाट प्रहरीले सुरक्षित उद्धार गरिएको थियो ।