काठमाडौं,१५ बैशाख । बिहीबार राति बाजुरा केन्द्रबिन्दु भएर केही घण्टाको फरकमा तीन वटा भूकम्प गएका छन् ।
बिहीबार राति ११ बजेर ५८ मिनेटमा ४ दशमलव ९ रेक्टरस्केल, शुक्रबार बिहान १ बजेर ३० मिनेटमा ५ दशमलव ९ रेक्टरस्केल र १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार १ बजेर ५१ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।