जनकपुरधाम,१६ चैत्र _ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएको छ ।
लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाको एक नेताले जानकारी दिएका छ ।
महतो पछिल्लो चुनावमा सर्लाही क्षेत्र नं २ बाट पराजित भएका थिए । बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।
जसपाले बारा २ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको जनाएको छ ।
यादव पछिल्लो निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । राउतले बारा २ बाट उम्मेदवार माओवादीकि शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् ।
४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भए ।