जनकपुरधाम, ४ चैत । धनुषाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शुक्रबार ट्रयाक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक पाँचजनाको समूहले ट्रयाक्टर रोकेर पैसा मागेका थिए ।
नदिएपछि महतो माथि छुरा प्रहार भएको थियो । घाइते भएका महतोको जनकपुरधामका एक निजि अस्पताल उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गईरहेको प्रहरीको भनाई छ ।
महतोको अहिलेसम्म पाँच किसिमको अप्रेसन भइसकेको उनको पारिवारजनले बताएको छ । महतोसँग सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गरेर भागेका पाँच जनामध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जनाएा छन ।
घटनामा संलग्न भएको आरोपमा निरज लामा, रितेश लामा र किसन लामा पक्राउ परेका छन् भने अन्य दुईजनाको खोजविन गरिरहेको जिल्ला प्र्रहरी कार्यालय धनुषाले जनाएको छ ।