काठमाडौं,३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएका छन । रास्वपा सांसदहरुको छलफलमा झालाई मत दिने समझदारी भएको जनाएको छ ।
अहिले उपराष्ट्रपति चयनका लागि संसद भवन नयाँ बावेश्वरमा मतदान जारी छ ।
उपराष्ट्रपतिमा झासँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टीका रामसहाय यादव पनि उम्मेदवार छन् ।