काठमाडौं,२६ फागुन । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेका छन ।
प्रचण्डलगायतका विपक्षीहरूलाई रिट निवेदकको माग अनुसारको आदेश जारी गर्न किन नपर्ने हो भन्ने लिखित जवाफ मागेको हो ।
अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको हो ।