जनकपुरधाम, २२ फागुन । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम फर्किँदै गरेको छन ।
आइतबार भारत विहारको मधुवनी जिल्लास्थित बिसौलमा विश्राम गरेका परिक्रमाका श्रद्धालुभक्तजनहरु आज बिहानैदेखि कल्यानेश्वर हुँदै जनकपुरधाम फर्किन लागेका छन् ।
आज फागु पुर्णिमाका दिन जनकपुरधाम फर्किन लागेका परिक्रमा यात्री श्रद्धालुभक्तजन ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा,तिरहुतिया गाछीसहित वरपरमा रातमा विश्राम गर्ने गरेका छन ।
रात्रि विश्राम गरेर भोलि बिहान अर्थात मंगलवार जनकपुरधामको अन्तरगृह (पञ्चकोशी) परिक्रमा गरेपछि मध्यमा परिक्रमा समापन हुन्छ ।
मध्यमा परित्रममा सहभागी नहुन सक्नेहरु धेरै श्रद्धालुहरु जनकपुरधामको अन्तरगृह परिक्रममा सहभागी हुने गरेका छन ।