काठमाडौं । इण्डियन आयल कर्पोरेसनले बुधबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने क्रममा बुधबार नयाँ मूल्यसूची पठाएको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टीतेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ ।
खाना पकाउने एलपिजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ ।
यससँगै, एलपिजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ ।