KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आजदेखि ‘मिथिला माध्यमिकी परिक्रमा’ सुरु

आजदेखि ‘मिथिला माध्यमिकी परिक्रमा’ सुरु

जनकपुरधाम,९फागुन । मिथिलाको पहिचान ‘मिथिला माध्यमिकी परिक्रमा’ आजदेखि विधिवतरूपमा सुरु भएको छ ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रूपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यस वर्ष आजदेखि सुरु भई फागुन २३ सम्म अर्थात् १५ दिनसम्म चल्ने गरेको छ ।
मिथिला माध्यमिकी परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरूको सहभागिता रहेको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरी जी र धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । परिक्रमाको सुरु दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरू त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहारको कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।
फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरधामको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत सुरुवात हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ बाबा तपेश्वर दास बताउनुभएको छ । परिक्रमामा सहभागी श्रधालुहरू फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने गरेका छन ।
कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरूले एक आपसमा होली खेलेपछि औपचारिकरूपमा होलीको सुरुवात भएको मानिन्छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास रहेको भक्तजनहरुको बिश्वास रहेको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरू छन् । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो ।

Facebook Comment

Related Posts

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

ताजा समाचार

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar