KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थानीय तहमा दलितको अधिकारमा पहुँच हुन सकेको छैन : मन्त्री साह

स्थानीय तहमा दलितको अधिकारमा पहुँच हुन सकेको छैन : मन्त्री साह

जनकपुरधाम २८ माघ । मधेश प्रदेशका समाजिक विकास मन्त्री सुरिता कुमारी साहले स्थानीय तहमा दलित पहुँच भएपनि अधिकारमा पहुँच हुन नसकेको बताएकी छिन् ।

दलित सरोकार मञ्चल सप्तरीको आयोजनामा दलित शसक्तिकरण ऐन २०६८ कार्यान्वयनको अवस्था तथा आगामी दिनमा कार्यपाकिा सदस्यहरुको भुमिका विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएकी हुन् । उनले स्थानीय तहतहरुमा सरकारले अनिवार्य दलितको सिद्धान्त पछि दलितको पहुँच कार्यपालिकामा भएपनि उनीहरुलाई अधिकारबाट अझै बञ्चित हुन परेको बताईन् । उनले भनिन, ‘वडा कार्यालय वा कार्यपालिकाका बैठकमा सहभागि त हुन्छन् तर उनीहरुले भनेको कुरा कसैले सुनिदिदैन् । कार्यकारी पदमा दलित छैनन, अनि दलितको कुरा सुनेर पनि नसुनेझैं गरेर बस्नछन । अनि म कहाँ धेरै जना आउनुहुन्छ, म सुझाव दिएर पठाउछु, तिमीहरु सही नगर तर भत्ताको लोभमा उनीहरुले सही गरेर आउँछन, यस्तो ठुलो विडम्बना छ ।’कार्यक्रममा प्रदेशसभा सदस्य शारदा दास पहाडीले उत्पीडित समुदायलाई सामाजिक बहिष्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेण्टी हुनुपर्ने बताईन् । उनले भनिन, ‘आरक्षण शासक वर्गको खल्तिमा हुन्छ, सकारात्मक भएको बेला दिन्छ र अलि उसलाई असहज जस्तो भएमा खोस्छ । विशेष अधिकार उत्पीडित समुदायको हातमा हुन्छ, उसले प्रयोग गर्न पाउँछ ।’ तत्कालिन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेषशाधिकारको अवधारणा अगाडि सारेको समेत बताए ।

विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजसँग जोडिएको बताउँदै आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने बताए । कार्यकारी निर्देशक भोला पासमानल दलितले अधिकार न खोसेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नभएको बताए । राजनीतिक पार्टीका नेताहरुले सत्तामा पुग्न दलित मुक्तिका नारा लगाउने तर सत्तामा पुगेपछि आफैले लगाएका नारा नै भुल्ने गरेको बताए । उनले भने, ‘सबै समस्या राज्यसत्ताको चरित्रसँग जोडिएकोले उत्पीडनबाट मुक्त हुन राज्य सत्ताको चरित्रमा परिवर्तन छ । नेपालीली राज्यसत्तामा सर्वहारा वर्गको अधिनायकत्व भएमात्र दलित, महिला, जनजातिको अधिकार छ ।

संञ्जाल धनुषा जिल्लाको १८ स्थानीय तहको दलितबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य तथा वडा सदस्यहरु सहभागि कार्यक्रममा दलित समुदायको अधिकार, तथ्यमा आधारित पैरवी, सहभागितामूलक कार्यप्रणाली लगायतको विषयमा छलफल भएको थियो ।
दलित समुदायको अधिकार सम्बन्धी व्यवस्था पुस्तिका बिमोचन
समाजिक विकास मन्त्री सुरिता कुमारी साहले दलित सरोकार मञ्च नेपालले प्रकाशन गरेको दलित समुदायको अधिकार सम्बन्धी व्यवस्था पुस्तिका बिमोचन गरेकी छिन । भोला पासवानले तयार गरेको उक्त पुस्तिकामा नेपालको संविधान विभिन्न ऐन कानुन नियमावली, कार्यविधिमा दलित अधिकार सम्बन्धी व्यवस्थाहरु समेटिएको छ । कार्यक्रममा मधेश प्रदेशसभामा निर्वाचित दलित समुदायका प्रदेशसभा सदस्यहरु रञ्जुकुमारी मण्डल खंग,सकुतीदेवी महारा,निलमकुमारी रजक,पल्टीदेवी महरा र शारदा दास ( पहाडी)दासलाई मञ्चका निर्देशक पासवानले सम्मान गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य मञ्चका कार्यक्रम संयोजक सुनिल कुमार सरवरियाले गरेका थिए । त्यसैगरी कार्यक्रम संचालन संस्थाकी कार्यक्रम सहायक अर्चना परियारले गरेकी थिइन् ।

दलित सशक्तिकरणका लागि धनुुषा र महोत्तरीका दलित समुदायका कार्यपालिका सदस्यहरुले बनाए जिल्लास्तरीय संञ्जाल
दलित समुदायको सशक्तिकरण र उत्थानका लागि धनुषा र महोत्तरी जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक जिल्लास्तरीय उक्त भेला भएका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका हुन् ।

धनुषा जिल्लाको सञ्जाल मथिला विहारी नगरपालिका कार्यपालिका सदस्य राम उदागर दासको अध्यक्षतामा १९ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्लास्तरीय संजाल गठन भएको छ । समितको उपाध्यक्षमा जनकपुर उपमाहानगरपालिकाका कार्यपालिका सदस्य संजु दास, कोषाध्यक्ष सबैला नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियार, सचिवमा हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश कुमार पासवान, सहसचिवमा विदेह नगरपालिकाका कार्यपालिका सदस्य र सहसचिवमा जनकपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य मनिषा देवी चयन भएका छ । संजालका सदस्यहरुमा लक्ष्मीनिया गापाका रिको देवी मण्डल, कमला नपाकी कलसिया देवी दास, गणेशमान न.पा.की विनिता कुमारी पासमान, धनौजी गापाकी मन्जु दास, नगराईन नपाकी नगिना पासमान, कमला नपाकी मञ्जुु महरा, बटेश्वर गापाकी सोमनि कुमार दास, जनकनन्दनी गापाकी लालो देवी खत्वे, सहित नपाकी संगिता कुमारी रहेका छन् ।

त्यसैगरि महोत्तरी जिल्लाको दलित समुदायका कार्यपालिका सदस्यहरुको सञ्जालको अध्यक्षमा को पिपरा गापाका कार्यपालिका सदस्य बैदेही पासमानको नेतृत्वमा १७ सदस्य चयन भएको छ । त्यसै गरी समितिको उपाध्यक्षमा बर्दिवास नपाकी प्रतिमा विश्वकर्मा, कोषाध्यक्षमा एकडारा गापाकी सुमिन्त्रा देवी दास, सचिवमा सोनमा गापाका रानिवति पासमान र सहसचिवमा महोत्तरी गापाकी कार्यपालिका सदस्य सुमित्रा देवी चयन भएका छन ।

सञ्जालका जिल्ला समिति सदस्यमा वलुवा नगरपालिकाका नागेन्द्र पासमान, गौशाला नपाका हिरा कुमार पासवान, औरही नपाकी विनिता दास, मटिहानि नपाकी गेना देवी पासमान, बर्दिवास नपाका तिर्थ बहादुर अक्षामी, भँगहा नपाकी पारो देवी पासमान लगायत रहेका छन ।

Facebook Comment


Related Posts

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

ताजा समाचार

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar