जनकपुरधाम २५ माघ । प्रदर्शनी कुमारी मधेशी समुदायबाट पहिलो महिला सिडिओको बन्न सफल भएकी छन् ।
बारा जिल्लाको प्रसौनी ३ घर भएकी प्रदर्शनी कुमारी केही दिन पहिले सिडिओ बनेकी हुन् । उनी पहिलो पटक गत माघ ११ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा जिम्मेवारी सम्हालेकी छन् ।
यसअघि प्रदर्शनी कुमारी नेपाल सरकारका गृह मन्त्रालयमा उपसचिव भएर कर्यरत थिईन ।