काठमाडौं २२ माघ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आईतवार बिहान निधन भएको छ ।
उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।
जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।