सर्लाही१७ मंसिर – सर्लाहीको लालबन्दी नगरपालिकामा मधेस प्रदेस मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भटराईको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको शनिवार हुने ११ औं साधारण सभामा विशिष्ट अतिथिको रुपमा आउनु भएको भटराई सुतेको अवस्थामा शव फेला परेको छ लालबन्दी नगरपालिका–१३, पथ्थरकोट(छेँडा) स्थित ‘होलिडे फेमिलि रिसोर्ट’ को रुममा अध्यक्ष भटराई बान्ता गरेको अवस्थामा मृत फेला परेको छ। अध्यक्ष भटराईको के कारणले मृत्युु भएको खुल्न नसकेको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सर्लाही सदस्य मुकेश झाले जानकारी दिनुभएको छ । भटराईको मृत्यु भएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उद्घाटन समारोह एवं बन्दशत्रको कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघ शाखा सर्लाहिले जनाएको छ ।